नेपालका विभिन्न जिल्लासहित भारतमासमेत उडान गर्दै आएको बुद्ध एयरले थप गन्तव्य बिस्तार गर्ने भएको छ । बुद्धले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि सन २०२३ को जनवरीदेखि हप्तामा तीन दिन पोखरा-बनारस(भारत)-पोखरा उडान गर्ने भएको हो ।
बुद्ध एयरले एक प्रेस विज्ञप्ति जारी गर्दै हप्तामा आइतबार, मंगलबार र बिहीबार उडान गर्ने जनाएको छ । हाल बुद्धले देशभित्र तथा काठमाडौंबाट बनारस उडान गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।