logo-img

डोनाल्ड ट्रम्पको घोषणा : फेरि राष्ट्रपतिको उम्मेदवार बन्छु

रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने बताएका छन् । 

राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ । 

फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।



र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अमेरिकालाई पुनः महान तथा गौरवशाली बनाउन आज राति म अमेरिकाको राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’ 

अमेरिकामा सन् २०१४ मा राष्ट्रपतिको चुनाव हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ११:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया