दाङ ३ का जनताको पहिलो रोजाइ बन्नेमा विश्वस्त छु : कोमल वली

नेकपा एमालेले गायिका कोमल वलीलाई यसपटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी वलीलाई एमालेले दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको हो । 

राष्ट्रिय सभामा आफूले जनसरोकारका विषयमा जोडदार रुपमा आवाज उठाएको र प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेमा अझै सशक्त रुपमा पार्टी र जनताको पक्षमा काम गर्ने वलीको प्रतिबद्धता छ । 
राष्ट्रिय सभामा हुँदा पनि आफूले दाङको क्षेत्र नम्बर ३ मा पुल, बाटो, विमानस्थल, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका कारण जनताले आफूलाई विजयी गराउने वलीको दाबी छ । 

कोभिड महामारीको समयमा स्वास्थ्य मन्त्रालयमार्फत धेरै काम गरेको, राजनीतिमा क्रियाशील हुनुअघि नै आफूले पत्रकारिता र कलाकारितामार्फत समाज सेवा गरेको आदि कारणबाट आफू यस क्षेत्रका जनताको पहिलो रोजाइ बन्नेमा विश्वस्त रहेको उनले बताइन् ।

दाङ ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । गिरी पहिले पनि यस क्षेत्रबाट निर्वाचित भएको तर जनअपेक्षाअनुुसार काम गर्न नसकेका कारण पनि आफ्नो जित निश्चित रहेको कोमलले बताइन् ।   





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २३:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया