logo-img

मकवानपुरको मतगणना सोमबार मात्रै सुरु हुने

प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य मकवानपुरमा भोलि सोमबार बिहानदेखि मात्रै सुरु हुने भएको छ । आइतबार साँझदेखि मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउन सुरु गरिए पनि सबै मतपेटिका आइ पुग्दा अबेर राती भइसक्ने जानकारी दिँदै  मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना सुरु गर्ने बताए । 

आइतबार सम्पन्न मतदानमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । 

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार छन् ।
 







  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २१:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया