logo-img

डडेल्धुरामा सर्वदलीय बैठक जारी, अझै सुरु भएन मतगणना
फाइल तस्बिर

डडेल्धुराको मतगणनाका लागि ११ बजेदेखि सुरु भएको सर्वदलीय बैठक जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको हो । 

प्रधामन्त्री एंव नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र समेत रहेको डडेल्धुरामा परशुराम नगरपालिकाका मतपेटिका संकलन ढिलाइ भएपछि मतगणना सुरु गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

डडेल्धुरामा देउवासहित एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाहीलगायत उम्मेदवार छन् ।  







  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया