रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

५ हजार २ सय ९६ मतान्तरले नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए ।

विजयी भए पनि निर्वाचन कार्यालयले घोषणा गरेको छैन । ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोदकुमार यादवले शुक्ललाई पराजित गरेका थिए । अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्षतर्फ भने प्रतिनिधिसभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए । 

यस्तै, प्रदेशसभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दिन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । 



प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगणना सुरु हुनेछ । 



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २०:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया