मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँड प्रहारबाट ८९ वर्षीय वृद्धको ज्यान गएको छ ।
गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ ।
झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।
ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।