प्रदेशसभातर्फ मधेस प्रदेशमा कुन दलको कस्तो छ अवस्था?

पछिल्लो मत परिणामअनुसार प्रदेशसभातर्फ मधेस प्रदेशमा नेकपा एमाले सबभन्दा ठुलो दल बनेको छ । मधेस प्रदेशको ६४ सिटमध्ये हालसम्म सार्वजनिक ६१ सिटको परिणाम अनुसार एमालेले १३ र कांग्रेसले १२ सिट जितेको हो । 

जारी मतगणनाअनुसार कांग्रेस, एमाले र लोसपा एक÷एक स्थानमा अगाडि छ । यस्तै, जसपाले ९ क्षेत्रमा जित निकालेको छ भने लोसपा ७ सिट जितेको छ । ६ क्षेत्रमा जनमत पार्टी र नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्र ४/४ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन् । 

मधेस प्रदेशमा प्रत्यक्ष ६४ र ४३ समानुपातिक सांसदसहित १०७ सिट रहेको छ । प्रत्यक्षमा जसपा, लोसपा र जनमत पार्टीले पाएको सिट संख्या २२ रहेको छ । मधेस प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।

समानुपातिकको मतगणना जारी रहँदा मधेस प्रदेशसभामा समानुपातिकतर्फ नेपाली कांग्रेस अगाडि छ भने एमाले दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म १ लाख ७१ हजार ३५५, नेकपा एमालेले १ लाख ४८ हजार ७७८ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको जसपाले १ लाख २१ हजार ७०९, चौथोमा रहेको जनमत पार्टीले ९८ हजार ८५४, पाँचौंमा रहेको माओवादी केन्द्रले ६५ हजार ६२८, नेकपा एकीकृत समाजवादीले ४७ हजार २१२, लोसपाले ४५ हजार ३०, राप्रपाले ३० हजार ५४७, नागरिक उनमुक्ति पार्टीले २३ हजार ६३७, नेपाल संघीय समाजवादी पार्टीले २१ हजार ८१ र हाम्रो नेपाली पार्टीले ६ हजार ८४३ मत पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।



कुन दलको कति सिट?

नेकपा एमाले– १३ सीट
सप्तरी–१ (क) राजकुमार लेखी (१४२९१)
सिरहा–१ (क) राजेन्द्र प्रसाद चौधरी थारु (११७२१)
सिरहा–२ (ख) शत्रुधन प्रसाद सिंह (१३७९७) 
सिरहा–३ (क) मनोज कुमार सिंह (१५८८६) 
धनुषा–१ (ख) रामचन्द्र मण्डल (१३५७५) 
धनुषा–२ (क) लखन दास तत्मा (११५८१)
धनुषा–३ (ख) दिपेन्द्र कुमार ठाकुर (८२२०)
महोत्तरी–४ (क) सरोज कुमार यादव (१०५३१)
रौतहट–२ (क) मो. जैद आलम (१३५३२) 
बारा–१ (क) त्रिलोकी प्रसाद (१६७९८) 
बारा–३ (क) रविन्द्र दास श्रेष्ठ (८१९५) 
बारा–३ (ख) महम्मद समीर (८३२३) 
बारा–४ (क) देवनारायण थारु (१३६६२) 



नेपाली कांग्रेस–१२ सीट
सप्तरी–३ (क) मोहम्मद समीम (१०६३०) 
धनुषा–१ (क) संजय कुमार महतो (१०९५५)
धनुषा–३ (क) रामसरोज यादव (१७०२९) 
धनुषा–४ (क) शेषनारायण यादव (१४०५५)
सर्लाही–२ (क) जंगीलाल राय (८२९०)
सर्लाही–४ (क) बीरेन्द्र कुमार सिंह (१५६९३) 
रौतहट–१ (क) नागेन्द्र साह (१०५०२) 
रौतहट–१ (ख) कृष्ण कुमार यादव (१२४८९) 
रौतहट–३ (ख) सुनिल कुमार यादव (१६८७७) 
पर्सा–२ (क) श्याम प्रसाद पटेल (१३७८४) 
पर्सा–३ (ख) जर्नादन सिंह क्षेत्री (१०१७२) 
पर्सा–४ (क) शंकर प्रसाद चौधरी (१२१८२) 

जसपा–९ सीट
सिरहा–१ (ख) राजकुमार गुप्ता (१६२३९) 
धनुषा–२ (ख) रामअशिष यादव (१०६२४) 
महोत्तरी–४ (ख) सरोज कुमार सिंह (११४८६) 
सर्लाही–३ (ख) संजय कुमार यादव (१३१९०) 
रौतहट–४ (ख) शेख अबुकलाम अजाद (८७४१) 
बारा–१ (ख) सरोज कुमार यादव (१५९२७) 
बारा–२ (ख) बच्चा राउत अहिर (१०३०२) 
पर्सा–१ (ख) लालबाबु राउत (७५४५) 
पर्सा–४ (ख) सिंगासन सा कलवार (१५४३५) 

लोसपा–७
सिरहा–४ (ख) रामबाबु यादव (९७६३) 
महोत्तरी–२ (क) जयनुल राइन (११४२४) 
महोत्तरी–३ (क) अभिराम शर्मा (९८९२) 
महोत्तरी–३ (ख) रानी कुमारी तिवारी (६४१४) 
सर्लाही–१ (क) उपेन्द्र महतो (१२२६५) 
बारा–४ (ख) जितेन्द्र सोनल (१३६२६) 
पर्सा–२ (ख) रमेश प्रसाद कुर्मी (९४७१) 

जनमत पार्टी–६ सीट
सप्तरी–१ (ख) सकिय मियाँ (१६१५५) 
सप्तरी–२ (क) सतिश कुमार सिंह (१६७३४) 
सप्तरी–२ (ख) महेश प्रसाद यादव (१३३२५) 
सप्तरी–३ (ख) शम्भु कुमार साह (१०८६२) 
सिरहा–२ (क) सञ्जयकुमार यादव (१२१७१) 
सिरहा–४ (क) त्रिभुवन साह (८२२९) 

नेकपा एकीकृत समाजवादी पार्टी–४ सीट
सप्तरी–४ (क) गोवीन्द बहादुर न्यौपाने (११४२९) 
सिरहा–३ (ख) प्रमोद कुमार यादव (९९७६) 
सर्लाही–१ (ख) बेची लुंगेली (१३३०१) 
रौतहट–२ (ख) कनिश पटेल (१०४४२) 

माओवादी केन्द्र–४ सीट
महोत्तरी–१ (ख) भरत प्रसाद साह (८३७१) 
सर्लाही–४ (ख) फकिरा महतो (८०३३) 
रौतहट–४ (क) युवराज भट्टराई (१५३६८) 
पर्सा–१ (क) रहबर अंसारी (७८१७) 

स्वतन्त्र–६ जना
सप्तरी–४ (ख) अनिरुद्ध कुमार सिंह (९९८५) 
महोत्तरी–२ (ख) सुरिता कुमारी साह (८५६८) 
सर्लाही–३ (क) जवाहर लाल कुशवाहा (१६५९१) 
रौतहट–३ (क) केशव राय (१२२५५) 
पर्सा–३ (क) प्रमोद कुमार जयसवाल (७३८१) 
बारा–२ (क) शारदा शंकर प्रसाद कलवार (९२९५) 

नतिजा आउन बाँकी रहेका क्षेत्र

धनुषा–४ को (ख) मा एमालेको अग्रता
महोत्तरी–१ को (क) मा लोसपाको अग्रता
सर्लाही–२ को (ख) कांग्रेसको अग्रता

  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १८:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया