फिफा विश्वकप : दुवै खेलमा पहिलो हाफ गोलरहित बराबरी

फिफा विश्वकपअन्तर्गत अहिले समूह डीका अन्तिम खेल चलिरहेका छन् । कतारमा भएको  खेलमा फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

पहिलो हाफ सकिँदा दुवै खेलमा कुनै पनि देशले गोल गर्न सकेको छैन । दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । 

एजुकेसन सिटी स्टेडियममा फ्रान्स र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ। यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, जिरुड, ग्रिजम्यान, रोबिट, जुलेस कुन्डे लगायतका खेलाडी बेन्चमा राखेको छ।

यता डेनमार्क र अष्ट्रेलियाले भने अल जनौव स्टेडियममा प्रतिस्पर्धा गरिरहेका छन् । यस खेलमा जित हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्ने दौडमा अघि रहनेछ । 

अष्ट्रेलियालाई जितले अघि बढ्न पर्याप्त छ भने डेनमार्क आफ्नो जितसँगै अर्को खेलको नतिजा कुर्नेछ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २२:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया