हाम्रो पात्रो रेमिटको एक वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता ‘हाम्रो पात्रो रेमिट’ सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । यो एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत  १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रीएकाे छ ।

मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज तथा सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीइओ सुदिना गौतमको भनाइ छ । 

पछिल्लो ३ महिनामा मात्रै ५० कराेड रुपैयाँ रेमिट्यान्स भित्र्याएकाे हाम्राे पात्राे रेमिटले गत महिनामा मात्रै २० कराेड रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धी देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान हाम्रो पात्रोको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १५:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया