सत्ता गठबन्धनको विकल्प सोचिसकेका छैनाैँ : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नाे पार्टीले सत्ता गठबन्धनको विकल्प सोचिनसकेको बताएका छन् ।

आइतबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले  अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भइनसकेकाे बताएका हुन् । गठबन्धन यथावत् भएकाले सरकार गठनका लागि त्यहीँबाट प्रयास हुने कुरा स्वाभाविक भएकाे उनकाे भनाइ छ । 

शनिबार माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । तर, महासचिव गुरुङले उपाध्यक्ष महराको भनाइ अर्कै प्रसंगमा आएकाे हुन सक्ने बताए । 

महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको बताए । सत्तारुढ गठबन्धनमा भएका अन्य दलसँग पनि अहिलेसम्म छलफल नै नभएको उनले बताए । 

सत्ता गठबन्धनकाे बैठक साेमबार दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ । साे बैठकपछि आगामी सरकार गठन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएकाे छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १८:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया