मानिसकाे विगतलाई मात्रै हेरेर मूल्यांकन गर्नुहुन्न : बेदुराम भुसाल

साेमबार मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफू मन्त्री बन्नकै लागि पार्टीमा नआएको बताएका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरसमेत आएको तर स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा प्रवेश गरेकाे दाबी गरे । उनले भने,'मन्त्री भनेको ठूलो कुरा होइन। यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन। म यतिकै मन्त्री बन्न सक्छु ।'

गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए। उनले आफूलाई मुख्यमन्त्री दिए पनि नचाहिने बताए। गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने उनकाे दाबी थियाे । 

यसैबीच, एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मानिसलाई विगतलाई मात्रै हेरेर मूल्यांकन गर्न नहुने बताए । पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा गुरुङलाई स्वागत गर्दै भुसालले उनकाे विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नुपर्ने बताए । 

विगतमा गुरुङ सर्वसाधारणले नरुचाउने कामसँग जोडिए पनि अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले शंका गर्न नहुने उनकाे भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १७:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया