सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो दल

समानुपातिकतर्फको नतिजामा सुदूरपश्चिम प्रदेशमा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ७ सिट गरी १० सिट पाएको एमाले प्रदेशसभामा भने तेस्रो दल बनेको छ । 

नेपाली कांग्रेस कांग्रेस प्रत्यक्षमा १२ र समानुपातिकमा ६ सिट जिती १८ सिटसहित पहिलो दल बनेको छ ।

माओवादी प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ३ सिट हात पार्दै ११ सिट सहित दोस्रो दल बनेको छ । 

प्रत्यक्षतर्फ ५ सिटमा जित हात पारेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ३ सिट प्राप्त गरेको छ । 

सुदूरपश्चिममा राप्रपा र नेकपा एसले पनि समानुपातिकमा १–१ सिट जितेका छन् ।

सुदुरपश्चिममा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ सांसद निर्वाचित भएका छन् । त्यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । 



समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ ।



  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २२:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया