डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते
फाइल तस्बिर

डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन् । मंगलबार बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँचजना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

घाइते हुनेमा ४५ वर्षीया सरूदेवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

४ वर्षका सिद्ध बटाला घरको आँगनमा  खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला चिच्याएपछि परिवारका सदस्यले चितुवालाई लखेटेका थिए । 

भाग्दै गरेको चितुवाले बटालाको घरभन्दा पर गोठालोबाट फर्किँदै गरेका सरू, लाली, हसिना र पुष्पालाई आक्रमण गरेको हो । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १०:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया