सर्वोच्चले संसद सचिवालयसँग साेध्याे थप स्पष्टीकरण

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग प्रस्ताव निष्प्रभावी रहेको भनी संसद सचिवालयले पठाएको पत्रबारे सर्वोच्च अदालतले थप स्पष्टीकरण सोधेको छ।

सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधानन्यायाधीश राणाको महाअभियोग प्रस्ताव कुन कानुनका आधारमा निष्प्रभावी भएको हो भनी थप स्षष्टताको माग संसद सचिवालयसँग गरेको छ। गत फागुन १ गते संसद सचिवालयको पत्रअनुसार राणा कार्यसम्पादनबाट वञ्चित रहेका थिए ।

सर्वोच्च अदालतले संसद सचिवालयसँग 'उक्त महाअभियोग प्रस्ताव आगामी संसदमा पेस हुने वा नहुने तथा उक्त प्रस्ताव संसदको समय सकिएपछि निष्प्रभावी भएको हो वा निर्वाचन सम्पन्न भएपछि निष्प्रभावी भएको हाे ?' भनी सोधेको छ।

संसद सचिवालयकाे पत्र पाएलगत्तै निलम्बित प्रधानन्यायाधीश राणा हाजिर हुन बुधबार सर्वोच्च अदालत जाने तयारीमा थिए । कानुन व्यवसायीको धर्नाका कारण उनी सर्वोच्च जान पाएनन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १६:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया