यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फरकधार / २२ मंसिर, २०७९

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको को छ ।



अघिल्लो दिन एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ४९ पैसा रहेको थियो । युरोपियन युरोमा ६३ पैसाले ओरालो लागेर एकको खरिददर १३८ रुपैया २ पैसा  बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा कायम छ ।  बुधबार भने युरोपियन युरो  एकको खरिददर १३८ रुपैया ४४पैसा  बिक्रीदर १३९ रुपैयाँ ७  पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदर  ८७ रुपैयाँ ९५ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । क्यानेडियन डलर ४३ पैसाले ओरालो लागेर सोको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा  कायम रहेको छ ।



अघिल्लो दिन क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको थियो। सिंगापुर डलर ४५ पैसाले घटेर सोको खरिद दर  ९६  रुपैयाँ ८४ पैसा र बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ। बुधबार भने सिंगापुर डलरको खरिद दर  ९७  रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा रहेको थियो ।



जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५८  पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ २० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १०:५४:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया