जाजरकोट जिप दुर्घटना : ८ जनाको मृत्यु

जाजरकोटमा आइतबार दिउँसो भएकाे जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको हाे । 

जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए । 

दैलेखबाट बिहेका लागि जाजरकोट आएको जिप दुर्घटनामा परेको श्रेष्ठकाे भनाइ छ । प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेकाे छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १८:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया