केपी ओली र देव गुरुङबीच भेट, के भयो कुराकानी?

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । गुरुङले मंगलबार साँझ बालुकोटमै पुगेर ओलीलाई भेटेका हुन् ।

भेटमा उनले ओलीलाई जितको शुभकामना दिए । साथै, भेटमा ओली–गुरुङबीच समसामयिक राजनीतिक विषयमा सामान्य कुराकानी पनि भएको थियो । यद्यपि छलफलमा विस्तृत कुराकानी भने नभएको गुरुङले बताए ।

सरकार गठनको औपचारिक समय सुरु नभएका कारण पनि यस विषयमा ओलीसँग कुराकानी नभएको उनको भनाइ छ ।  

‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन, त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्,’ गुरुङले भने ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १३:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया