एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ : सूर्य थापा

एमालेका नेता सूर्य थापाले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा व्यक्त गरेका छन् । 

बुटवलमा बिहीबार पत्रकारहरूसँगकाे कुराकानीमा थापाले एमालेले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने बताए । 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताए । यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्याे भने आफ्नो असहमति नरहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए ।

विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया