क्रोएसिया विश्वकपमा तेस्रो, कति पायो पुरस्कार ?

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा क्रोएसिया तेस्रो भएको छ । गएराति खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को ग्भार्डिओल र मिस्ला ओरसिकले एक/एक गोल गरे । मोरक्कोका लागि अर्चरफ डारीले एक गोल फर्काए ।

खेलमा सातौं मिनेटमा क्रोएसियाले अग्रता लिएको थियो । उसका लागि जोस्को ग्भार्डिओलले गोल गरे । दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो । अर्चरफ डारीले क्रोएसियाका लागि नवौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो । मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले रोक्न सकेनन् ।

तेस्रो स्थानको उपाधिसहित क्रोएसियाले २७ मिलियन डलर अर्थात् करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात् करिब ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाएको छ । 
 
क्रोएसिया गत संस्करणको उपविजेता टोली हो । मोरक्कोले भने यसपालि पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको थियो ।  





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया