logo-img

क्रिकेट खेलाडी संघद्वारा अवार्ड घाेषणा

काठमाडौं– क्रिकेट खेलाडी संघ नेपालले ‘एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१९’ घोषणा गरेको छ । अवार्डअन्तर्गत विभिन्न पाँच विधामा क्रिकेट खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

संघका अनुसार एक लाख ३२ हजार रुपैयाँ राशिको वर्ष क्रिकेट खेलाडी (पुरुष) र ६६ हजार रुपैयाँ राशिको वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदाउँदो क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रदान गरिनेछ । 

खेलाडीको उचित मूल्यांकन र कदर गर्न यस वर्षदेखि अवार्ड स्थापना गरिएको संघको भनाइ छ । लाइफटाइम अचिभमेन्ट अवार्ड क्रिकेट खेलमा योगदान पुर्याएका पुराना खेलाडीलाई प्रदान गरिने सिप्यानले जानकारी दिएको छ । वर्ष उत्कृष्ट क्षण अवार्ड भने उपयुक्त विधिबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा प्रदान गरिनेछ । 







  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १५:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया