ह्विल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीलाई

प्रथम प्रदेशस्तरीय ह्विल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ अपागंता भएका व्यक्तिहरुका लागि प्रदेशस्तरीय ह्विल चियर प्रतियोगिता आयोजना गरिएको हो ।  

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र सुदूरपश्चिम प्रदेश कञ्चनपुरको आयोजना तथा समावेशी पारा एथलेटिक्स स्पोटर्स क्लब धनगढीको समन्वयमा आयोजित प्रतियोगिताको उपाधि धनगढी बास्केटबल टिमले जितेको हो ।

शनिबार धनगढीमा आयोजित प्रतियोगितामा टिकापुर बास्केटबल टिमले दोस्रो स्थान प्राप्त गरेको छ भने महेन्द्रनगर बास्केटबल टिमले तेस्रो स्थान प्राप्त गरेको छ । 

प्रथम हुने धनगढी बास्केटबल टिमले नगद २४ हजारसहित प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्न सफल टिकापुर बास्केटबल टिमले १८ हजार नगदसहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्न सफल महेन्द्रनगर बास्केटबल टिमले १२ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

धनगढीको वाल्मीकि स्कुलमा आयोजित प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव दीपकबहादुर सिंहले गरेका थिए । 





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार २०:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया