धनुषाको मुखियापट्टीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । 

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको हो । 

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका छन् । उनको बायाँ पाखुरामा गोली लागेको थियो । 

स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार २०:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया