‘अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु’

नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भने, ‘अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।’  

आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरूपले हेर्ने गरेको उनको भनाइ छ । ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ । त्यसको महसुस मैले पनि गरिरहेको छु,’ पौडेलले भने ।

अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ७:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया