पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

चर्च ब्वाइज क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर उक्त क्लबमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

आहा राराको सर्वाधिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधि जितेको छ । 

खेलको २५ औं मिनेटमा रवि शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् । 

थपिएको अतिरिक्त समयमा थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् । 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १८:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया