प्राथमिक तहमा विद्यार्थीभन्दा ५५ शिक्षक बढी, ११ र १२ मा पढ्ने सात सय विद्यार्थीका लागि ७ मात्र शिक्षक

मधेस प्रदेशको राजधानी जनकपुरधाममा निमावि र मावि तहमा शिक्षक अभावका कारण न्यून सङ्ख्याको शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था सिर्जना भएको छ भने प्राथमिक तहमा आवश्यकताभन्दा बढी शिक्षकहरू कार्यरत रहेका छन् । 

प्राथमिक तहमा स्वीकृत दरबन्दी २६६ र राहत ८१ गरी कुल ३४७ जना शिक्षक रहेकोमा निम्न माध्यमिक तहमा स्वीकृत दरबन्दी ७३ र राहत १४ गरी कुल ८७, माध्यमिक तह (कक्षा ९ र १०) मा स्वीकृत दरबन्दी ८५ र राहत १० गरी कुल ९५ र माध्यमिक तह (कक्षा ११ र १२) मा ७ जना मात्र शिक्षक कार्यरत रहेका छन् । 

जबकि प्राथमिक तहमा आवश्यक शिक्षक २९२ जना मात्र रहेको जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाका शिक्षा प्रशासन महाशाखा प्रमुख मेहिलाल यादवले जानकारी दिए । निम्न माध्यमिक तहमा भने आवश्यक शिक्षकको संख्या १३४, माध्यमिक तह (कक्षा ९ र १०) मा आवश्यक शिक्षक संख्या १५२ र माध्यमिक तह (कक्षा ११ र १२) मा आवश्यक शिक्षक संख्या २७ रहेको उनले बताए । 

महाशाखा प्रमुख यादवले प्राथमिक तहमा आवश्यकता भन्दा ५५ जना शिक्षक बढी रहे पनि निम्न माध्यमिक तहमा आवश्यकता भन्दा ४७ जना, माध्यमिक तह (कक्षा ९ र १०) मा आवश्यकता भन्दा ५७ जना र माध्यमिक तह (कक्षा ११ र १२) मा आवश्यकता भन्दा २० जना शिक्षक कम रहेको जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूमा इसिडि/पिपिसिमा छात्र ९५९ र छात्रा ९२० गरी कूल १ हजार ८७९ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा १ मा छात्र १ हजार ९३ र छात्रा १ हजार २१८ गरी कूल २ हजार ३११, कक्षा २ मा छात्र १ हजार ३१३ र छात्रा १ हजार २३४ गरी कूल २ हजार ५४७, कक्षा ३ मा छात्र १ हजार २२९ र छात्रा १ हजार ३४९ गरी कूल २ हजार ५७८, कक्षा ४ मा छात्र १ हजार २२१ र छात्रा १ हजार ४३४ गरी कूल २ हजार ६५५ र कक्षा ५ मा छात्र १ हजार १७४ र छात्रा १ हजार २६१ गरी कूल २ हजार ४३५ जना अर्थात कक्षा इसिडि/पिपिसि देखि कक्षा ५ सम्म छात्र ६ हजार ९८९ र छात्रा ७ हजार ४१६ गरी कूल १४ हजार ४०५ विद्यार्थी रहेका छन् । 



त्यस्तै, कक्षा ६ मा छात्र १ हजार १४४ र छात्रा १ हजार १७७ गरी कूल २ हजार ३२१, कक्षा ७ मा छात्र १ हजार १५६ र छात्रा १ हजार २६९ गरी कूल २ हजार ४२५, कक्षा ८ मा छात्र १ हजार ३७७ र छात्रा १ हजार ३२२ गरी कूल २ हजार ६९९, कक्षा ९ मा छात्र १ हजार ४६२ र छात्रा १ हजार २१० गरी कूल २ हजार ६७२ र कक्षा १० मा छात्र १ हजार २३७ एवम् छात्रा १ हजार २१७ गरी कूल २ हजार ४५४ जना, कक्षा ११ मा छात्र १४८ र छात्रा ९७ गरी कूल २४५ र कक्षा १२ मा छात्र २८० र छात्रा २३३ गरी कूल ५१३ जना अर्थात कक्षा ६ देखि कक्षा १२ सम्म छात्र ६ हजार ८०४ र छात्रा ६ हजार ५२५ गरी कूल १३ हजार ३२९ जना अध्ययनरत रहेको उनले बताए । 

जनकपुरधाम उपमहानगरपालिकामा गोगल प्रसाद मावि, याज्ञवल्क्य संस्कृत मावि, राष्ट्रिय मावि रुपैठा बेल्ही, कण्टिर झा नमूना मावि, संकटमोचन मावि, त्रिभूवन आदर्श मावि र सरस्वती नमूना मावि गरी ७ वटा विद्यालयमा कक्षा ११ र १२ पढाई भइरहेको छ । यी बसै विद्यालयहरु जोडेर विद्यार्थी संख्या ७५८ रहे पनि उनीहरुलाई अध्यापनका लागि ७ जना शिक्षक मात्र रहेको महाशाखा प्रमुख यादवले जानकारी दिए । 



यता, प्राथमिक तहमा कक्षा इसिडि/पिपिसि देखि ५ सम्म १४ हजार ४०५ विद्यार्थी रहेकोमा शिक्षकको संख्या ३४७ रहेको छ । जबकि प्रावि तहका लागि आवश्यक शिक्षक २९२ जना मात्र देखिएका छन् । नगर क्षेत्रमा अहिले ५३ वटा सामुदायिक विद्यालय सञ्चालन भइरहेका छन् । 

सामान्यतया ५० जना विद्यार्थीमा एक जना शिक्षक राख्नुपर्ने व्यवस्था छ । तर, नगरक्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्राथमिक तहमा विद्यार्थी न्यून र शिक्षक बढी देखिन्छन् । 
शिक्षा नियमावलीमा शिक्षक विद्यार्थी अनुपात हिमाली, पहाडी, तराई तथा उपत्यकाका जिल्लामा एक शिक्षक बराबर ५० जनासम्म विद्यार्थी हुनुपर्ने व्यवस्था छ । तर यस नगरपालिकामा प्राथमिक तहमा मात्र शिक्षक छन् ।

शिक्षक नेताहरूका आफन्त, श्रीमती, छोरी र बुहारीहरूलाई जागिर खाने ठाउँ बनाउनु यसको मुख्य कारण रहेको उनले बताए । नगरपालिकामा कुनै पनि विद्यालयका निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी छैन । एउटा शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था विद्यमान रहेका कारण विद्यालयमा उचित व्यवस्थापन समेत हुन नसकेको शिक्षा शाखाले जनाएको छ ।

स्थायी शिक्षक कर्मचारीको हकमा तलबी प्रतिवेदन र अस्थायी करारको हकमा तलबी विवरण प्रमाणित गरेर मात्रै तलब भुक्तानी दिनुपर्ने व्यवस्था रहे पनि मनमौजी रूपमा शिक्षकहरूको तलब बाँड्दा उपमहानगरपालिकाको विगत पाँच वर्षमा १५ करोड रुपैयाँ शिक्षकहरूको तलबी बेरुजु रहेको छ भने करिब १८ करोड जति अनुदानहरू बेरुजु छ । समग्र रूपमा शिक्षामा मात्रै ३३ करोडभन्दा बढी बेरुजु रहेको देखिन्छ । 

फर्जी शिक्षक
जनकपुरधाम उपमहानगरपालिका शिक्षा प्रशासन शाखाको विवरणअनुसार नगरक्षेत्रका विभिन्न विद्यालयहरूमा कार्यरत १३ जना शिक्षक फर्जी रहेका छन् । शाखाले उपलब्ध गराएको तथ्यांकमा बिना कोटा ठाडो निर्देशनमा पदस्थापन गराएका, अनियमित नियुक्ति भएका र निजी स्रोतमा भर्ना भएपछि प्राथमिक तहको राहत शिक्षक कोटामा फर्जी पदस्थापना गराएकाहरू धेरै देखिन्छन् ।
 
महाशाखा प्रमुख मेहिलाल यादव भन्छन्,‘अनियमित रूपमा भएका नियुक्तिहरू र निजी स्रोतबाट नियुक्त भएर प्रावि राहत दरबन्दीको दाबी गर्ने कतिपय शिक्षकहरूले फर्जी नियुक्ति नै बनाएका छन् । महाशाखाले यस विषयमा अनुगमननै गरेर विवरण कार्यालयमा पेस गरिसकेका छौं तर, यस्ता शिक्षकहरूलाई अहिलेसम्म पनि हटाइएको छैन । उनीहरू विभिन्न राजनीतिक दल र पार्टीहरूको संरक्षण भएकै कारण अटेर गरेर विद्यालयहरूमा बसेका छन् ।’  

जनकपुरधाम उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरू
वडा नम्बर–१ 

१) असर्फी साह आधारभूत विद्यालय 
२) मिथिला बिहारी राप्रावि
वडा नम्बर–४ 
१) संकटमोचन देवशरण रामरती मावि
२) राजर्षि जनक बाल राष्ट्रिय प्रावि, झुलाघर
३) ज्ञानज्योति प्राथमिक विद्यालय, आनन्द नगर
४) आधारभूत विद्यालय बालमन्दिर
५) आधारभूत विद्यालय बालमन्दिर
वडा नम्बर–६ 
१) राष्ट्रिय प्राथमिक विद्यालय
वडा नम्बर–७ 
१) जनकपुर सुस्त मनस्थिती
२) रामजानकी निमावि
३) रामजानकी सुस्त मनस्थिती विद्यालय
वडा नम्बर–८
१) याज्ञवल्क्य संस्कृत मावि, ज्ञानकुप
२) राष्ट्रिय प्राथमिक विद्यालय, दशरथनगर
३) जनक राष्ट्रिय प्राथमिक विद्यालय, बलवाटोल
वडा नम्बर–९
१) सरस्वती नमूना मावि
२) जानकी माध्यमिक विद्यालय
वडा नम्बर–१०
१) सिताराम राष्ट्रिय प्रावि
वडा नम्बर–११
१) जनता आधारभूत विद्यालय, लक्ष्मण अखाडा
२) सकल भवन कन्या मावि
वडा नम्बर–१२ 
१) माध्यमिक विद्यालय, कुवारामपुर
वडा नम्बर–१३
१) राजर्षि जनक मावि, पिडारी
२) धत्ताटोल राष्ट्रिय प्रावि, पिडारी
वडा नम्बर–१४ 
१) महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालय, मुजेलिया क्याम्प
२) जनता मावि, बेल्ही रजौल 
३) माध्यमिक विद्यालय, सोहनी मुजेलिया
वडा नम्बर–१७
१) निम्न माध्यमिक विद्यालय
२) सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी
३) सरस्वती मावि, कटरैत
वडा नम्बर–१८ 
१) राष्ट्रिय प्राथमिक विद्यालय, भोईल
२) शंकर आधारभूत विद्यालय, प्रको महुवा
वडा नम्बर–१९
१) जनता प्राथमिक विद्यालय, शिवपुर
२) जनता माध्यमिक विद्यालय, शिवपुर
३) नवयुवक जआवि, थुम्हौना
४) राष्ट्रिय निम्न मावि, वेंगापिपराढी
५) बजरंग राष्ट्रिय प्राथमिक विद्यालय
६) राष्ट्रिय प्राथमिक विद्यालय, जमुनियाँ
वडा नम्बर–२० 
१) जनता मावि, देवपुरा
२) राष्ट्रिय प्राथमिक विद्यालय, रुपैठाबेल्ही 
३) जामिया इमाम अहमद रेजा मदर्सा, रुपैठा
वडा नम्बर–२१
१) गायत्री प्रज्ञापीठ गुरुकुल प्रावि, कुर्था
२) राजर्षि जनक मावि, कुर्था
३) राष्ट्रिय निम्न माध्यमिक विद्यालय, कुर्था
४) आनन्द गुरुकुल, कुर्था
वडा नम्बर–२२
१) माध्यमिक विद्यालय, बसबिट्टी
वडा नम्बर–२३
१) त्रिभुवन आदर्श माध्यमिक विद्यालय, बिन्धी
२) रामलक्ष्मण प्राथमिक विद्यालय, लादोबेला


वडा नम्बर–२४ 
१) गोगल प्रसाद नमूना मावि, बसहिया
२) नन्दजी प्राथमिक विद्यालय, बसहिया
३) राष्ट्रिय प्राथमिक विद्यालय, बसहिया
४) राष्ट्रिय प्राथमिक विद्यालय, बसहिया
वडा नम्बर–२५ 
१) फुद्दीलाल राष्ट्रिय प्राथमिक विद्यालय, लोहना
२) कण्टिर झा नमूना मावि, बभनगामा
त्यस्तै, लेखाजोखा केन्द्र धनुषा (जसुमअ संघ) पनि जनकपुरधाम उपमहानगरभित्रै सञ्चालनमा रहेको छ । 
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २, ३, ५, १५ र १६ सहित ६ वटा वडामा एउटा पनि सामुदायिक विद्यालय सञ्चालनमा छैनन् । 

क्रमशः

  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १०:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया