युक्रेनी सेनाको आक्रमण परी ६३ जना रूसी सैनिकको मृत्यु भएको छ । पूर्वी युक्रेनमा आफ्ना ६३ सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी सो आक्रमण गरेको हो । युक्रेनको सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका सहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको जनाएको छ ।
रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।