पाँचथरको फिदिममा आगलागी, एकै घरका दुईजनाको मृत्यु
फाइल तस्बिर

पाँचथरको फिदिममा एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–८ घुमाउनेटारमा स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो । 

मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए । 

उनका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ८:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया