सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।  कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

 यस अघि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका थिए। तर, अन्तिम समयमा शाहलाई नै सबैले समर्थन गरेका हुन् । 

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवा आकांक्षी देखिएका थिए । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १४:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया