केन चम्किँदा प्रिमियर लिगमा टोटनहमको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध टोटनहमले ४–० को सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा टोटनहमकाे जितमा ह्यारी केनले दुई, म्याट डोहर्टी र सन ह्वेङ–मिनले एक/एक गोल गरे । 

टोटनहमले ४८ औं मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो । उनले नै ५३ औं मिनेटमा गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा म्याट डोहर्टीले गोल गर्दै  टोटनहमले ३–० को अग्रता लियो । 

७२ औं मिनेटमा सन ह्वेङ–मिनले गोल  गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए । यो जितपछि टोटनहमको ३३ अंक भएको छ । ऊ पाँचौं स्थानमा छ । पराजित प्यालेस २२ अंकका साथ १२ औं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार ७:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया