बारामा स्कारपियोको ठक्करबाट एकको मृत्यु, दुई महिला घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग २ च ४४१३ नम्बरको स्कारपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा जीतपुरसिमरा–१६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रूपा आलेमगर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कारपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो । 

उनीहरू टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए । मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरूलाई तीव्र गतिमा रहेको स्कारपियोले ठक्कर दिएको थियो ।  





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १०:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया