आहा रारा पोखरा गोल्डकप : अमेरिकाको भुटनिज युथ सकर क्लब फाइनलमा

२२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलअन्तर्गत बिहीबरको खेलमा अमेरिकाको भुटनिज युथ सकर क्लब (बिवाइएससी) फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनिजले फाइनलमा स्थान बनाएको हो । 

१० खेलाडीमा सीमित चर्च ब्वाइजलाई हराउन भुटनिजका रोजिन प्रजापतिले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे । प्रजापति नै खेलमा म्यान अफ दी म्याच चुनिए ।

खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो । एपिएफलाई हराउँदै फाइनलमा स्थान पक्का फाइनल पुगेको संकटासँग उपाधिका लागि बिवाइएससीले प्रतिस्पर्धा गर्नेछ । 

फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ ।





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १८:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया