logo-img

पोखरामा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर बिहीबार पोखरामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ माथिल्लो दीप बस्ने १९ वर्षीय श्रम गुरुङ रहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।  

आफ्नै साढे २ तले घरको छतमा गएका वेला अचानक हाइटेन्सन लाइनको करेन्ट लागि गुरुङ घाइते भएका थिए। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चेक–जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । 

घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।







  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार २१:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया