इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ । एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको न्यायपालिकाले जनाएको छ ।
डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो । हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद्दा दायर गरेको छ ।
प्रदर्शनका क्रममा कम्तीमा चार सयजनाको मृत्यु भएको छ । सयौँ पक्राउ परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।