logo-img

सप्तरीमा रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु

सप्तरीमा रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडक खण्डमा साे दुर्घटना भएकाे हाे ।

खडक नगरपालिका–११ स्थित वडा कार्यालयदेखि दुई सय मिटर पूर्व हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स१ख ९२८ नम्बरको टिप्परमा दुई मोटरसाइकल ठोकिँएका थिए। 

बोदे बर्साइन नगरपालिकाबाट राजविराजतर्फ आउँदै गरेको बा८प  ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४प ८६१९ नम्बरको मोटरसाइकल टिपरको पछाडि ठोकिएका हुन्। 



३२१५  नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। 

मोटरसाइकल पछाडि सवार खडक–११ बनौलीका २२ वर्षीय बुधन चौधरीको गाला र हात खुट्टामा चोट लागेको छ। उनको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ।

अर्को ८६१९ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरापलिका–१० का २२ वर्षीय रामाकान्त चौधरीको पनि घटनास्थलमै मृत्यु भएको हो।





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १७:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया