प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । उनले सोमबार साँझ ७ बजे धुम्बाराही पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
देउवाको बुढानिलकण्ठस्थित घर मर्मत गरिरहेको हुँदा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका छन् । विश्वासको मत लिनुअघि प्रचण्ड देउवालाई भेट्न धुम्बाराही पुगेका हुन् ।
प्रचण्डले मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।