गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणलगत्तै विभिन्न पाँच निर्णय गरेका छन् ।
पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलाइसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी विनाविभागीय मन्त्री सीता सुन्दासलाई दिने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।