आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता हुने

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो ।

एकताका लागि आम जनता पार्टीबाट बद्री न्याैपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेकाे समिति गठन गरिएकाे छ ।

एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलसँग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट ३ बाट लगातार चौथोपटक निर्वाचित भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन् । 

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत सयौ आम जनता पार्टीमा प्रवेश गरेका थिए । 

पूर्वसहरी विकास राज्यमन्त्री एवं काठमाडौ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आबद्ध भएका थिए ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १६:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया