logo-img

आइतबार मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्ड–ओलीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । 

बिहीबार बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट पछि प्रचण्डले यस्तो तयारी गरेका हुन् । यसअघि उनले प्रधानमन्त्रीमा सपथ लिँदा अन्य आठ मन्त्रीहरु नियुक्त गरेका थिए । तर, तीमध्ये चार जना अहिले पनि विनाविभागीय रहेका छन् । 

आइतबार यसअघि जिम्मेवारी नतोकिएका मन्त्रीहरुलाई पनि जिम्मेवारी तोक्ने तयारी प्रचण्डले गरेको स्रोतको दाबी छ ।



संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा प्रचण्डले तयारी गरेका हुन् । उनीसँग मन्त्रालयको विषयमा ओलीको बुधबार र बिहीबारको वार्ता सकारात्मक भएको बताइएको छ । 

सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको सूची तयार गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । यहीअनुसार उनले आफ्नो पार्टीबाट मन्त्रीहरुको सूची तयार भएको जानकारीसमेत प्रचण्डलाई दिएका छन् । 

अब सत्तारुढ अन्य दलहरुको बैठक शनिबारभित्र बसेर मन्त्रीहरुको टुंगो लगाउने र आइतबार नै सपथग्रहणको कार्यक्रम राख्ने प्रचण्डको तयारी भएको स्रोतको दाबी छ ।






  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २१:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया