गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् ।
उनले विश्वासको मत पाउने निश्चित छ । २५ पुसमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत मागेका हुन् ।
उनलाई विश्वासको मत पाउन ३१ मत चाहिन्छ । ६० सदस्यीय प्रदेशसभामा उनलाई यसअघि एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन थियो ।
तर, मन्त्री बन्न नपाउने भए पछि स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले उनलाई विश्वासको मत नदिने बताएका छन् । गुरुङले विश्वासको मत नदिए पनि अधिकारीले विश्वासको मत पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।