विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले पठाए शोक सन्देश

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शोक सन्देश पठाएका छन् । यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

सन्देशमा राष्ट्रपति सीले चीन र चिनियाँ जनताको तर्फबाट दुर्घटनाप्रति समवेदना व्यक्त गरेका हुन् । यसअघि सोमबार नै चिनियाँ प्रधानमन्त्री लि खस्याङले पनि समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शोक सन्देश पठाएका थिए । 

आइतबार यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार ६७ यात्रु र चालक दलका ४ जना सदस्यहरूको निधन भएको थियो । अन्य एकजना अझै बेपत्ता छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार २०:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया