नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अब कांग्रेस राष्ट्रपतिकाे निर्वाचनमा केन्द्रित हुने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र समर्थनका लागि दलहरूसँग छलफल अघि बढाउने बताएका छन् ।
अहिलेकै गठबन्धनबाट कांग्रेसले आफ्नाे उम्मेदवारलाई जिताउने अवस्था नदेखिएकाले नयाँ शिराबाट समर्थन खोज्न प्रयास गर्ने उनले बताए । तर, नयाँ समर्थन प्राप्त गर्ने सुनिश्चित भइनसकेको पौडलेको भनाइ छ ।
‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन,' उनले भने, 'तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाही आजैदेखि गर्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।