logo-img

सभामुख र उपसभामुख सत्तापक्षबाटै हुनुहुँदैन : बद्री पाण्डे

नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका हुन् । 

सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ । 



सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उनले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकिर गरे । 





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १५:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया