टर्की भूकम्प : १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको संख्या २८ हजार नाघ्यो

टर्कीमा गत सोमबार बिहान गएको शक्तिशालीबाट भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार कार्य जारी छ । भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षीय बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ । भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखिएका छन् ।  

मृतकको संख्या २८ हजार नाघ्यो  

भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । त्यस्तै, हजारौं मानिस घाइते भएका छन् । 

​भूकम्पबाट टर्कीमा अहिलेसम्म २४ हजार ६२७ जना र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 



मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरवारविहीन भएका अनुमान गरेको छ । 

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न प्रयासरत छन् ।  



भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार १ सय ५ घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका प्रमुखले १ सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् । 

टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीले गरेका प्रयासको सराहना गरेका छन् ।

उनले सिरियामा पनि सहायता सामग्री परिचालन गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।

जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टकीएको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् । 

  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार ८:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया