दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते
फाइल तस्बिर

दाङमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन् । 

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भएर तुलसीपुर–१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिन्डर पड्किएको हो ।

घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेका प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । खनालको अवस्था माध्यम रहेको छ । 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १४:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया