पोखरा र मुस्ताङ विमान दुर्घटना परेकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु

पोखरा र मुस्ताङ विमान दुर्घटना परेकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु गरिएको छ ।

यती एयरलाइन्स र तारा एयरलाइन्सको आयोजनामा पशुपति क्षेत्रमा सञ्चालन भएको महायज्ञ तीन दिनसम्म सञ्चालन हुनेछ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।   

त्यस्तै, गत जेठमा मुस्ताङको थासाङ गाउँपालिकामा तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो । 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १६:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया