दोल्ती पावरको आइपिओ खुला

दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । 

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेखको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो। साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने कित्ताको १०५ अर्थात् १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो । 

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले फागुन २५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरूले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।  





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार ११:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया