कांग्रेस माओवादी ‘निर्णायक’ वार्तामा माधव नेपाल मिसिए

राष्ट्रपतिको विषयमा निर्णयक वार्ताका लागि अहिले कांग्रेस र माओवादी नेता बालुवाटा्मा वार्तामा छन् । बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि मिसिएका छन् । 

नेताहरू बेदुराम भुसाल र घनश्याम भुसालसहित बालुवाटार पुगेका अध्यक्ष नेपाललाई यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् । एमालेसँग पानी बाराबारजस्तै सम्बन्धमा रहेका तर कांग्रेस र माओवादीसँग नजिकको सम्बन्धमा रहेका नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि कांग्रेस माओवादीका नेताहरु छलफलमा जुटेका हुन् । 

राष्ट्रपतिको विषयमा निर्णायक वार्ता गर्न बसेका कांग्रेस–माओवादीको बैठकमा एकीकृत समाजवादीका नेताहरु प्रवेश गरेर अहिले त्रिपक्षीय वार्ता भइरहेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत रहेका छन् भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन्।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार २०:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया