पाँचथरकाे हिलिहाङमा आगलागीबाट दुई बालकको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा आगोले जलेर दुई बालकको मृत्यु भएको छ ।  

शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा–५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातीको ४ वर्षीय छोरा निशान खाती र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको आगोले जलेर मृत्यु भएको हो ।

प्रदेश १ प्रहरीका प्रवक्ता सुनील दाहालका अनुसार जिप्रकाबाट गएको १० जनाको टोलीले स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ । आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार २०:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया