logo-img

पिएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सोमपालले लिए पहिलो विकेट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा टस जितेर बलिङ रोजेको नेपालले ४.१ ओभरमा पिएनजीको पहिलो विकेट लियो ।  

नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले पिएनजीका महत्वपूर्ण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड गरे । पिएनजीविरुद्ध युवा अलराउन्डर प्रतिश जिसीले डेब्यू गरेका छन् । 

उनलाई तीव्र गतिका बलर सोमपाल कामीले ३७ औं ओडिआई डेब्यू क्याप दिए । नेपाल पिएनजीलाई हराउँदै यूएई सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।



नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र प्रतिश जिसी । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १२:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया